साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल भिडन्तमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । बिहीबार साँझ घरेलु टोली बंगलादेशसँग भिडेको नेपाल ३–० गोलले पराजित हुन पुग्यो ।

बंगलादेशले ४१ औं मिनेट पहिलो र ८६ औँ मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसमाथी इन्जुरी समयमा थप एक गोल गरे पछि बंगलादेश महिला साफ च्याम्पियनको बिजेता बन्न सफल भयो ।

भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश  फाइनलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?