उच्चस्तरीय संयन्त्रको बैठक बस्दै(यस्ता छन् एजेण्डा)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

यसअघि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नेताहरूको कार्य व्यस्ततालाई देखाउँदै स्थगित गरिएको थियो । बिहीबार बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच मात्र छलफल भएको थियो ।

आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछिको अवस्था, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने, सुदूरपश्चिममा सरकार ढलेपछि उत्पन्न राजनीतिक घटनाक्रम लगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?