टर्की भूकम्प : मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

हिमालय टाइम्स
Read Time = 2 mins

इस्तानबुल । टर्की र सिरियाको सीमा क्षेत्रमा गत सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ। भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै गइरहेको छ ।

भूकम्पमा परि अहिलेसम्म २३ हजार ७ सय जनाको ज्यान गएको पुष्टि भएको हो । भूकम्पपछि राहत र उद्धार कार्य जारी छ ।

हिमपात र कठ्याङ्ग्रिदो चिसोले भूकम्प पीडितहरूलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका छन्।

विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको छ ।

यता, टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

यसैबीच, टर्कीमा भूकम्पको करिब ९० घण्टापछि भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमालाई उद्धार गरिएको छ। दक्षिणी हाताय प्रान्तको क्षतिग्रस्त भवनको भग्नावशेषबाट १० दिने यागिज नामक बच्चाको जीवित उद्धार गरिएको हो। सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा रातको समयमा ती बच्चालाई निकै होसियारीपूर्वक भग्नावशेषबाट निकालिएको हो।

स्थानीय सञ्चारमाध्यमले यसलाई चामत्कारिक घटनाको संज्ञा दिएको बीबीसीले लेखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?