बेन्जेमा, मेस्सी र एमबाप्पेबीच प्रतिस्पर्धा

Read Time = 2 mins

लण्डन । करिम बेन्जेमा, लियोनल मेस्सी र केलियन एमबाप्पेबीच वर्षको उत्कृष्ट विश्व फुटबल खेलाडीका लागि प्रतिस्पर्धा हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने द बेस्ट अवार्डको अन्तिम तीनको सूचीमा उहाँहरू पर्नुभएको हो ।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो । अब अन्तिम तीनको मनोनयनमा पर्नुभएका बेन्जेमा, मेस्सी र एमबाप्पेमध्येलाई पुनः मत दिइँदै उत्कृष्ट खेलाडी छनोट गरिनेछ । सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उहाँहरूलाई छनोट गर्न भनिएको हो ।

अर्जेन्टिनाका कप्तान मेस्सीले यसअघि पनि द बेष्ट फिफा अवार्ड जितिसक्नुभएको छ । उहाँले सन् २०१९ मा उक्त अवार्ड जित्नुभएको थियो । यसपल्ट फिफा विश्वकपसमेत जित्नुभएकाले मेस्सी द बेष्ट अवार्डको मुख्य दाबेदार हुनुहुन्छ । २०१९ पछिका पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जित्नुभएको थियो ।

पिएसजीमा मेस्सीका सहकर्मी एमबाप्पेले फ्रान्स र क्लब दुवैका लागि लगातार गोल गर्दै आउनुभएको छ । फ्रान्सका लागि एमबाप्पेले विश्वकपमा आठ गोल गर्नुभएको थियो । उहाँले गोल्डेन बुटसमेत जित्नुभएको थियो ।

बेन्जेमाले भने चोटका कारण यसपल्टको विश्वकप गुमाउनुभएको थियो । तर, रियल म्याड्रिडका लागि उच्च प्रदर्शन गर्नुभएका बेन्जेमाले बालेन डिओर जित्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?