डा.अवनी भूषण अभिनन्दित

Read Time = 2 mins

काठमाडौं । डा.अवनी भूषण उपाध्यायलाई अभिनन्दन गरिएको छ । मेडिकेयर हस्पिटल लि.मा अस्पतालको कार्यकारी अध्यक्षको रूपमा २५ वर्ष सेवा प्रदान गरिसक्नु भएका मुटुरो विशेषज्ञ तथा मुटु रोग विभागका विभागीय प्रमुख डा.अवनी भूषण उपाध्यायलाई काठमाडौंमा एक विशेष समारोहबीच अभिनन्दन गरिएको हो ।

हस्पिटलका प्रशासनिक प्रबन्धक हरिभक्त सिग्देलले सहजीकरण गर्नुभएको अभिन्नदन समारोहको सभापतित्व अस्पतालका अध्यक्ष पेट रोग विशेषज्ञ डा.प्रदीपकुमार यादवले गर्नु भएको थियो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अवनिभूषण उपाध्यायको उक्त अभिनन्दिन समारोहमा मेडिकेयर अस्पतालका सञ्चालक साथै पूर्वसञ्चालकहरूको उपस्थिति थियो ।

पूर्वसंस्थापक अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.उपाध्यायका सम्बन्धमा अस्पतालका अध्यक्ष तथा वरिष्ठ पेटरोग विशेषज्ञ डा.श्री प्रदीपकुमार यादवले प्रकाश पार्नु भएको थियो । प्रशासनिक प्रबन्धक हरिभक्त सिग्देलले अभिनन्दन पत्र वाचन गर्नुभएको थियो भने उपाध्यायलाई दोसल्ला ओढाई समारोहका सभापति तथा अस्पतालका अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा.यादवले सम्मान गर्नुका साथै तथा अभिनन्दनपत्र अर्पण गर्नुभएको थियो ।

अस्पतालका तर्फबाट पूर्वसञ्चालक उद्योगपति तथा समाजसेवी डा.उपेन्द्र महतोले डा. उपाध्यायलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । अभिनन्दित व्यक्तित्व डा.उपाध्यायले पनि मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पूर्वसञ्चालक डा.उपेन्द्र महतोले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सभापतिबाट धन्यवाद ज्ञापनसहित समापन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?