उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज दिउँसो ३ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो। बैठकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचनबारे छलफल हुने बताइएको छ।

त्यस्तै, आजको बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, उच्चस्तरीय राजनीति संयन्त्रमा भएको छलफलबारेमा ब्रिफिङ र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ।

यसअघि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको थियो। बैठकमा रास्वपाका सभापति रवि लामिछानेले उपनिर्वाचनबारे चासो राख्नुभएको थियो ।

रवि लामिछाने चितवन-२ को उपनिर्वाचनमा उम्मेदवार बन्ने संयन्त्रको बैठक लगत्तै पार्टीका उपसभापति, महामन्त्रीसँग लामिछानेले यसबारे छलफल गर्नुभएको थियो ।

त्यसको केहीबेरपछि निर्वाचन आयोगको बैठकले उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको हो। मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उहाँ पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?