रंगशालामा भागदौड हुँदा नौजनाको मृत्यु

Read Time = 1 min

सान साल्भाडोर । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रंगशालामा भागदौड हुँदा किचिएर नौजनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । समर्थक रंगशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्यूजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।

प्रहरीका अनुसार कुस्काटलाना रंगशालामा अलियाञ्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्‍याइएको छ । प्रहरीले सार्वजनिक गरेको भिडियोमा रंगशालाबाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सक द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?