चाडपर्व लक्षित नयाँ नोट सटही सुविधा आगामी शुक्रवारसम्म (भिडियाेसहित)

नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमवारदेखि दशैँ-तिहार लक्षित नयाँ नोट सटही सुविधा दिन शुरु गरेको छ ।

राष्ट्र बैंकले हरेक वर्ष दशैँ-तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आज देखि आगामी शुक्रवारसम्म नयाँ नोट सटही सुविधा हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले बताउनु भयो । उहाँले नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म मात्रै पाउने बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकको शाखाबाट नयाँ नोट सटही गर्न सकिने बताउनु भयो । उहाँले काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने बताउनु भयो । उहाँले सर्वसाधरणहरुलाई राष्ट्र बैंकले दिएका नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले नयाँ नोटमा टिका लाग्ने मैलो,कालो लाग्ने च्यात्ने काम गर्न आह्वान गर्नुभयो ।

उहाँले नोटलाई सुरक्षित साथ प्रयोग गरियो भने नोटको आयु लामो हुने बताउनु भयो । उहाँले सर्वसाधरणहरुले नोटलाई सुरक्षित रुपमा प्रयोग गरे राज्यले छिटो छिटो नोट छाप्नुपर्ने बाध्यता कम हुने बताउनु भयो । उहाँले नोट सुरक्षित रुपमा प्रयोग गर्दा राज्यको करोडौं रुपैयाँ वचत हुने बताउनु भयो । उहाँले सर्वसाधरणले सकेसम्म क्युआर कोडलगायत विद्युतीय कारोबार प्रणाली प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आगामी दिनमा डिजिटल करेन्सी जस्तै अन्य उपायहरुमार्फत नोटको चलनचल्ती कम गर्न राष्ट्र बैंकको तयारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आजदेखि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ पाउने गरी नयाँ नोट सटही गर्न शुरु गरेका छौं । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय सात वटै प्रदेशीक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेका शाखाहरु साथै राष्ट्र बैंक नोट सञ्चालन गरिरहेका ४६ वटा राष्ट्रिय वाणिज्य बैंक र २६ वटा वाणिज्य बैंकहरुले भएसम्म सर्वसाधरणहरुलाई नयाँ नोट सटही गर्ने व्यवस्था शुक्रवार सम्मको लागि मिलाएको छ । सर्वसाधरणहरुलाई राष्ट्र बैंकको अनुरोध छ नयाँ नोट सुरक्षाका साथ प्रयोग गरिदिनु होला । टिका लाग्ने मैलो,कालो लाग्ने च्यात्ने काम नगरिदिनु होला । नोटलाई सुरक्षित साथ प्रयोग गरियो भने नोटको आयु लामो हुने छ । छिटो छिटो नोट छाप्नु पर्ने बाध्यता कम हुन्छ । राज्यको करोडौं रुपैयाँ बचत पनि हुन्छ । सर्वसाधरणले सकेसम्म क्युआर कोड लगायत विद्युतीय कारोबार प्रणाली प्रयोग गर्नुभयो भने नोटको प्रचलन कम गर्न सक्छौं । आगामी दिनमा डिजिटल करेन्सी जस्तै अन्य उपायहरुमार्फत नोटको चलनचल्ती कम गर्नेतिर लाग्छौं ।’

त्यस्तै, नयाँ नोट सटही सुविधा शुरु गरेसँगै मानिसहरु लाइनमा बसेर नयाँ नोट सटही गर्न राष्ट्र बैंकमा पुगेर नयाँ नोट सटही गरेका छन् । नयाँ नोट सटही गर्न पुगेका खिलराज अधिकारीले राष्ट्र बैंकले लाइनमा सहज रुपमा नयाँ नोट सटही सुविधा रहेको बताउनु भयो । उहाँले धेरै लाइन समेत बस्न नपर्ने भएकाले सहज रुपमा प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ पाउने भएकाले आफूले १८ हजार ५०० लिएको बताउनु भयो ।

त्यस्तै,सलाम सिंह तामाङले पनि विगतको भन्दा नयाँ नोट सटही ज्येष्ठ नागरिकको लागी छुट्टै रुपमा व्यवस्थित गरेकाले सहज भएको बताउनु भयो । उहाँले नयाँ प्रविधि अनुसार पैसा बोकेर नपाए पनि क्युआरमार्फत पनि पैसा साट्न सक्ने व्यवस्थाले अझ सहज बनाएको बताउनु भयो । नयाँ नोट सटही गर्न पुगेको अर्को सर्वसाधरण ढकबहादुर बुढाथोकीले नयाँ नोटको गाउँघरमा महत्व हुने भएकाले सटही गरेर लैजान राष्ट्र बैंक आएको बताउनु भयो ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूचि समेत निकालेका छन् । सटही गर्दा पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?