भारतीय विदेश सचिव विनय मोहन क्‍वात्रा काठमाडाैंमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । भारतीय विदेश सचिव विनय मोहन क्‍वात्रा नेपालमा तीन दिने नेपाल भ्रमणका लागि सोमबार बिहान काठमाडाैं आइपुग्नुभएकाे छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा भारतिय विदेश सचिव क्‍वात्रा  नेपाल आउनुभएकाे हाे ।

नेपाल बसाईको क्रममा क्‍वात्राले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेुहुने कार्यक्रम छ । सोमबार र मंगलबार उहाँले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ ।

सचिव क्ववात्रा सोमबार नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनुहुने कार्यक्रम छ । त्यसपछि परराष्ट्र सचिव पौडेलले उहाँको सम्मानमा आयोजना गर्ने लञ्च कार्यक्रममा सहभागी हुनुहुनेछ । भारतीय विदेश सचिव क्‍वात्राले परराष्ट्र मन्त्री विमला राईसँग आज नै द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।

क्‍वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेुहुनेछ । सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम पनि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?