भारतसँग विकास सहायता र कनेक्टिविटीको विषयमा कुरा गरेका छौँ : परराष्ट्र मन्त्री

Read Time = 1 min

काठमाडौं । परराष्ट्र मन्त्री विमला राई पौडेलले पछिल्लो समय नेपालले भारतसँग विकास साझेदारीका विषयमा कुराकानी गरेको जानकारी दिनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग सोमबार भएको भेटपछि मन्त्री राईले विशेषगरी भारतसँग विकास सहायता र कनेक्टिविटीमा जोड दिएको जानकारी दिनुभयो ।

कनेक्टिविटीअन्तर्गत हवाइ यात्राका विषयमा दुई पक्षीय कुराकानी भइरहेको जानकारी दिनुभएको उहाँले रुट खोज्नेदेखि हवाइ यात्रामा देखिएका समस्या समाधानका विषयमा पनि छलफल भएको बताउनु भयो ।

दुई पक्षीय सम्बन्ध बलियो बनाउँदै विकासको क्षेत्रमा जोड दिनेगरी छलफल भएको जानकारी दिनुभएको उहाँले विशेषगरी जलवायु परिवर्तनले दुवै देशलाई असर गरेकाले एउटै धारणा बनाएर अघि बढ्नुपर्नेमा आफूले जोड दिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?