भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् ।

यातायात मजदुरहरूले सोमबार साँझ विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुन्डागर्दी गरेकोले आफूहरु सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजुर संघ र अखिल नेपाल यातायात मजदुर संघद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ।

यातायात मजदुरले आज बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरुद्ध गरेका छन् । उनीहरूले प्रहरीका दुईवटा भ्यान पनि जलाएका छन् ।

आन्दोलनका यातायात मजदुरमाथि हातपात समेत भएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?