यस्तो छ तपाईंको फागुन २ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ फागुन २ गते मंगलबार, ई.सं १४ फेबु्रअरी, २०२३ । तिथि- फाल्गुन कृष्णपक्ष नवमी, नक्षत्र- अनुराधा, योग-ध्रुव, करण-तैतिल, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ६ः४४, सूर्यास्तः १७ः५३ ।

मेष : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।

वृष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मिथुन : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

कर्कट : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

सिंह : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

कन्या : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

वृश्चिक : सरकारी कडिकडाउको सिकार भइनेछ ।

धनु : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

मकर : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?