‘कालपात्र’ उपन्यासमा गर्जिए पुुरुषोत्तम दाहाल

डा. गणेशप्रसाद घिमिरे
Read Time = 18 mins

साहित्य समाजको प्रतिबिम्ब हो । समाजमा घटित र घट्न सक्ने घटनाको यथार्थ विवरण साहित्यमा व्यक्त भएको हुनुुपर्दछ । यदि साहित्य यथार्थभन्दा बाहिर गयो भयो त्यसलाई साहित्यको मापदण्ड प्राप्त हुँदैन । साहित्यका हरेक विधा समाजको सामाजिक मान्यताभित्र अटाउन आवश्यक मानिन्छन् । समाजमा हुने र समाजले पचाउन सक्ने अवस्थाको चित्रण साहित्यमा अभिव्यक्त हुनुु अनिवार्य मानिएको छ । मानव जीवनका सबै सम्भावनाको खोजी र समाजको सामाजिक मान्यताको उपस्थिति साहित्यमा अनिवार्य रूपमा आउनुुपर्दछ ।
साहित्यका सबै विधाले समाजको प्रतिनिधित्व नगरे पनि आख्यानमा समाज उतारिएर आएको हुनुुपर्दछ । आख्यानयुुक्त साहित्यले जीवन र मानिसका सुख-दुुःख, पीर-व्यथा, हाँसो-रोदनका साथै समाजको सामाजिक मान्यतालाई अभिव्यक्त गर्नुु अनिवार्य मानिएको छ । अतः साहित्य त्यो बीज हो जसमा समाज ऐनाका रूपमा देखिएको हुन्छ ।

पत्रकारितामा धेरै वर्ष खर्चिएका र प्राध्यापन पेशाबाट सेवानिवृत्त भएका पुुरुषोत्तम दाहाललाई चिनाइरहनुुपर्ने आवश्यकता छैन । उनी आजकल स्वान्तसुखायका लागि साहित्यको सिर्जनामा लागिरहेका छन् । उनको पछिल्लो कृति कालपात्र (२०८०) उपन्यास सार्वजनिक भएको छ । यो कृति नेपालको राजनीतिमा देखिएको वितण्डातावाद र राजनीतिले सिकाएको पाठलाई लिएर लेखिएको कृति हो । नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म नेपालका राजनेता भनिने व्यक्तिले गरेको फोहोरी खेलको दस्तावेज हो । यो दस्तावेज हो अहिलेको राजनीतिको । यही दस्तावेजलाई बताएका छन् पुरुषोत्तम दाहालले यो कृतिमा । यो दस्तावेज सत्य र तथ्यमा आधारित छ । यसका पात्र काल्पनिक भए पनि ।

समयसापेक्ष कथानक :
आख्यानलाई जीवन्त बनाउने र कृतिलाई कालजयी बनाउन उनिने आधार कथावस्तुु हो । दाहाल ग्रामीण जीवनमा प्रवेश गर्छन् र त्यो गाउँले जीवनको यथार्थ अङ्कन कृतिमा प्रवेश गराउँछन् । जीवनको सत्य मृत्युु हो । त्यो सत्यलाई उद्घाटन गरेर उनले मानिसलाई जीवन मृत्युुसित गाँसिएकाले अपराधकर्ममा सामेल नहुुन आग्रह गर्दछन् । एउटा पात्रको जीवनमा घटित घटनालाई बाहिर ल्याएर उनले जसरी कथावस्तु उने त्यसमा उनको अनुुभव सिद्धता प्राप्त भएको देखिन्छ । नेपालको राजनीतिमा देखिएका विसङ्गत पाटाहरूलाई उपन्यासको कथावस्तुमा समाहित गरेका दाहालले साहित्यको फाँटमा नयाँ स्वरूपको जन्म गराएका छन् ।

यो दाहालको पत्रकारितामा देखेको, भोगेको, अनुुभव गरेको परिपक्वता हो । नेपालको राजनीतिमा देखिने भ्रष्टाचार, बेथिति, सुुरा र सुुन्दरीको प्रवेशले सदा जनताका मनोकाङ्क्षा क्षतविक्षत भएको तर्कलाई गतिलो तरिकाले उतारेका छन् उनले यो कृतिमा । राजनीति जनसेवा हो भन्ने भावनाको धज्जी उडाइएको छ उपन्यासभरि ।

यो उनको पत्रकारितामा देखेको, भोगेको, अनुुभव गरेको परिपक्वता हो । नेपालको राजनीतिमा देखिने भ्रष्टाचार, बेथिति, सुुरा र सुुन्दरीको प्रवेशले सदा जनताका मनोकाङ्क्षा क्षतविक्षत भएको तर्कलाई गतिलो तरिकाले उतारेका छन् उनले यो कृतिमा । राजनीति जनसेवा हो भन्ने भावनाको धज्जी उडाइएको छ उपन्यासभरि । सुुरा र सुुन्दरीमा बिक्ने राजनीतिका ठेकेदारहरूको यथार्थ चित्रणलाई उपन्यासले खरो रूपमा उतारको छ । एउटा सामान्य पढेको एउटा बालक पात्र (उपन्यासको मूल चरित्र) राजनीतिमा प्रवेश गरेपछिका उसका क्रियाकलापले देखाएको उन्नति र प्रगतिको बाटो राजनीतिमा सम्भव हुने तर्कलाई उनले गतिलो तरिकाले राखेका छन् ।

उपन्यासको चरित्र कुुकर्ममान छोरो अपकर्म तथा राजनीतिकी दिदी मानिने लावन्ती र मन्त्री बन्न सफल कुुकर्ममानकी धर्मपत्नीलाई जसरी उपन्यासकारले उपन्यासमा उभ्याएर कथावस्तुुको उपस्थिति जनाएका छन् त्यसमा उनको राजनीतिप्रतिको वितृष्णा देखापरेको छ । राजनीतिका सबै पण्डितको हालत धन कमाउने, आफन्तलाई पोस्ने र सराब र सवावमा मस्त रहने तर्कलाई यथार्थरूपमा कथावस्तुुले बताएको छ । यो कथावस्तुुको गुुम्फनमा देखिएको सबैभन्दा सबल पाटो पनि हो ।

उपन्यासको कथावस्तुमा देखिएको स्वरूप र त्यसले निर्वाह गरेको भूूमिकाको आधारलाई हेर्ने हो भने नेपाली राजनीतिको कालोपन उदाङ्गो भएर देखिएको छ । सामान्यतया यो कथावस्तुको आधारलाई पाठकले जुुन तरिकाले मूल्याङ्कन गर्न सक्छ त्यसको परिवेश र परिस्थिति नै नेपाली राजनीतिमा देखिएको अवस्था हो । यो दुुर्गन्धित राजनीतिलाई समाप्त पार्ने आशामा लेखक देखिएका छन् । राजनीतिकर्मीमा गल्तीप्रतिको पश्चातापबोध अनिवार्य मान्छन् अन्तिममा लेखक ।

चरित्रको चयन :
आख्यानमा आख्यानकारको भावनालाई पात्रले बोकेको हुन्छ । दाहाल पात्रचयनमा सारै सजग देखापरेका छन् । मूल नायक पात्र हो । मन्त्री कुकर्ममान र उसको छोरो अपकर्म उपन्यासमा देखिएका सबल चरित्र हुन् । साथै इज्जत, सम्मान गुुमाएकी लावन्ती (दिदी) उपन्यासकी सौदाबाज चरित्र हुन् । यिनहरूको भूूमिका र पात्रको चयनमा देखिएको विसङ्गतिलाई राजनीतिका भूूमिकाका आधारमा हेरिनुु अनिवार्य ठहरिन जान्छ । नेपाली राजनीतिमा मन्त्री पत्नीको जे हैसियत देखाइएको छ त्यो हाम्रो देशको सन्दर्भमा ठ्याक्कै मेल खान गएको छ । राजनीतिमा धन कमाएर पनि जनताका समस्याको समाधान गर्न नसक्नुुले नायक पात्रमा जुुनकिसिमको पश्चाताप बोध भएको छ त्यसले उसमा विद्यमान पश्चातापले जनताप्रतिको विश्वास पलाएको छ ।

उपन्यासको अन्त्य बडो जटिल तरिकाले भएको छ । राजनीतिमा भविष्य देखेकी लावन्तीको मृत्युु र मन्त्री कुुकर्ममानको आत्महत्याले उपन्यासको मोड भिन्न बनेर आएको छ । किन यस्तो भयो भन्ने तर्कमा पाठक सोचमग्न हुने कुरालाई दाहालले उपन्यासमा समाहित गराएका छन् । लावन्ती दिदीको आत्महत्या वा हत्या हो पाठक सोच्न बाध्य छ । मन्त्रीले किन आत्महत्या गरे यसको उत्तर पाठकलाई खोज्न बाध्य बनाएका छन् दाहालले । मन्त्रीको सप्ताहव्यापी कार्यक्रमका देखिएको खर्चको तामझामले जनताको करबाट असुुलेको धन कसरी बगाइएको छ भन्ने कुरालाई प्रमाणित गरिएको छ । नेपाली राजनीतिमा कर्मचारी, विद्यार्थी, मजदुर, पत्रकार, व्यवसायी, ठेकेदार आदिको संलग्नताप्रति दाहाल असन्तोष व्यक्त गर्छन् ।

पात्रहरूको प्रयोगमा उपन्यासकार दाहाल अवसरवादीहरूलाई उभ्याउन सफल बनेका छन् । अवसरको खोजीमा रहने र अवसर प्राप्त भएपछि आफूलााई टतस्थ राख्ने प्रवृत्तिका पात्रहरूले उपन्यास भरिएको छ । देश, जनता, समाजका लागि राजनीतिको गोरेटो कोरिन नसक्नुमा राजनीति गर्ने व्यक्तिको कमजोरी रहेको तथ्यलाई जसरी पात्रका माध्यमबाट उपन्यासकारले उभ्याएका छन् त्यसमा उनको पत्रकारितामा खर्चेको समय जिम्मेवार रहेको देखिन्छ । यो उपन्यासका सबै पात्र अवसरपरस्त देखिएका छन् । सबै क्षेत्रमा देखिएको आर्थिक विचलन र लेनदेनका कारण देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्था जर्जर भएको तथ्यलाई उनले पात्रका माध्यमबाट बाहिर ल्याएका छन् ।

शीर्षक :
काल समय हो । पात्र चरित्र हो । समयानुसार परिवर्तन हुनसक्ने पात्र नै कालपात्र हो । उपन्यसाभरि जे जति पात्रहरूको उपस्थिति छ ती सबै कालपात्र हुुन् । विद्यार्थी धनकमाउन व्यस्त त्यसका लागि शिक्षालय र नेपालको शिक्षा ध्वस्त होस् । नेता जिल्ला र केन्द्रमा घर बनाउन र सम्पत्ति जोड्न अभ्यस्त देश भाडमा जाओस् । ठेकेदार ठेक्कामा पैसा कमाउन मस्त त्यसका लागि देशको आर्थिक अवस्था कमजोर किन नहोस् ? कार्यकर्ता खान र कमाउने धन्दामा लागिरहने देश टाट उल्टोस । व्यवसायी कालोबजारी गर्न व्यस्त जनताको स्वास्थ्य जेसुुकै होस् । जनताका दुुःख जस्ताको त्यस्तै । आहा ! गणतन्त्र र त्यसको उपहार ! यही हो उपन्यासको केन्द्र पनि ।

दाहालले यही कुरालाई बाहिर ल्याउन खोजेका छन् यो उपन्यासमार्फत । पात्रका बुुबा अभयले कति गम्भीर कुरा उठाएका छन् । आफू मृत्युुको नजिक हुुँदा छोरालाई उनले जे भने त्यसलाई हेर्दा वास्तवमा संसार नाट्यशाला हो । हामी नाटकका पात्र हौँ । अभय छोरालाई सम्बोधन गर्दै भन्छ, ‘पात्र संसार अन्धकार छ तर प्रकाशमा बाँचेजस्तो गरी अभिनय गर्नुपर्छ । अँध्यारो पाटोले छपक्क छोपिए पनि उज्यालोमा हाँसिरहेको अभिनय गर्न जान्नुपर्छ । जीवनका सबै असङ्गतिहरूलाई सङ्गतिसँग जोड्नुुपर्छ । सास रहेसम्म यो क्रम र अभिनय टुुट्नुुहुुँदैन ।’ यी पिता अभयका वचन छोरा पात्रलाई हुन् ।

देशको विकास, उन्नति र प्रगतिमा केही गर्न नसक्ने लाज पचाएका नेतृत्वबाट केही हुन नसक्ने सङ्केत उपन्यासमा छरिएर बसेको छ । एकपटक अध्ययन गरेर राजनीतिमा हुने छलछामको जानकारी सबै नेपाली पाठकले लिन आवश्यक छ ।

पात्र सोही अनुुसार चलेको छ तर अन्त्यमा उसको प्रायश्चित्त गर्ने र पार्टीमा शुुद्धीकरण गर्ने मनसायले उसलाई उपन्यासमा खराब पात्रका रूपमा लिन सकिने अवस्था भने छैन । त्यसैले राजनीतिमा पश्चातापको अवस्थालाई बाहिर ल्याउने पात्रलाई उपन्यासकारले अन्तिममा सच्चरित्रका रूपमा प्रस्तुत गरेर राजनीतिमा शुुद्धीकरण आवश्यक छ भन्ने तर्कलाई बल पुुर्‍याएका छन् । राजनीति अवसरवादीहरूको नबनोस् । कुनै पनि राजनीतिक पार्टीमा त्याग गरेका व्यक्तिको मूल्याङ्कन पार्टीले गर्न सकूून् । परिवारवादमा राजनीति न अल्झियोस् । यही कामना उपन्यासका सर्जकको देखिएको छ ।

उपन्यास अध्ययन गर्दै जाँदा पाठक आन्दोलन र जीवन आहुुती दिएर नेता पोस्ने व्यवस्था किन ल्यायौँ होला ? भन्ने तर्कमा डुब्न सकेको देखिन्छ । नेपालका सबै क्षेत्रमा छिरेको राजनीतिले देशका सबै अङ्गलाई पङ्गुु बनाएको तथ्यलाई लेखकले पाठकसामूू पुु¥याउन खोजेका छन् र सफल पनि भएका छन् ।

प्राध्यापक, मानव अधिकारकर्मी, पत्रकारितामा सबल देखिएका दाहाल साहित्यमा पनि सबल देखापरेका छन् । नेपालको राजनीतिलाई मसिनो तरिकाले हेरेका उनले राजनीतिमा देखिएको धूत्र्याइँलाई गतिलो तरिकाले उपन्यासमा राखेका छन् । यो उनमा देखिएको व्यक्तिगत अनुुभव हो जस्तो लाग्छ । एउटा पत्रकारले भोग्ने समस्या एकातिर छन् भने पत्रकारिताको धर्म निर्वाह नगरेर भोज र मोजमा रम्ने पत्रकारले पेशालाई दुुर्गन्धित बनाएको तथ्यलाई पनि उनले बाहिर ल्याएका छन् । स्वार्थी र अवसरपरस्त राजनीतिले सबै क्षेत्रलाई तहसनहस पारेकोमा उपन्यासकार चिन्तित देखिएका छन् । राजनीतिमा पश्चातापबोध हुनुुपर्दछ भन्ने धारणाले पात्रमा आएको परिवर्तन र उसमा देखिएको उदात्तताले नेपाली राजनीतिमा शुुद्धीकरण आवश्यक छ भन्ने मान्यतालाई बल प्रदान गरेको छ ।

पच्चीस उपशीर्षक र दुुई सय पृष्टमा संरचित कालपात्र नेपाली राजनीतिको सग्लो दस्ताबेज हो । नेपाली राजनीतितमा देखिएको अस्वस्थ परम्पराको उदाङ्गो पक्ष पनि हो । यो कृतिले गणतन्त्रले नेपाली राजनीतिका देखाएको अस्वस्थतालाई बाहिर ल्याएको छ । वृद्धभत्ता खाएर बस्ने बेलामा समेत आफ्नो र आफ्नाको दुुनो सोझ्याउने नेपाली राजनीतिका चतुुर शीर्ष नेताहरूलाई गतिलो झापड पनि हो । गणतन्त्रका नाममा राज्यका सबै अङ्गमा भएको राजनीतिक हस्तक्षेपप्रति दाहालको असन्तुुष्टि देखिएको छ । राजनीति देश र जनताका लागि होइन आफू र आफ्ना लागि गर्ने प्रवृत्तिको अन्त्य उपन्यासले चाहेको छ ।

देशको विकास, उन्नति र प्रगतिमा केही गर्न नसक्ने लाज पचाएका नेतृत्वबाट केही हुन नसक्ने सङ्केत उपन्यासमा छरिएर बसेको छ । एकपटक अध्ययन गरेर राजनीतिमा हुने छलछामको जानकारी सबै नेपाली पाठकले लिन आवश्यक छ । राजनीतिमा प्रवेश नगरेका र केही नजानेका अवसरपरस्त राजनीतिको समाप्ति र निष्ठापरक राजनीतिको अपेक्षा कृतिले राखेको छ । कृतिकार दाहालको चोटिलो व्यङ्ग्यले उपन्यास अध्ययनयोग्य बनेको छ भने नेपाली राजनीतिका कर्तुुत बाहिर आएका छन् । यस्तै सिर्जना दिने उनको लेखनी नथामियोस् भन्ने शुभकामनासहित ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Shantikrishna Adhikaree
Shantikrishna Adhikaree
2023-07-01 11:38 am

सिद्धहस्त लेखक पुरु दाइको रचनाका बारेमा विद्वान् मित्र गणेश सरको पठनीय आलेख

कुलप्रसाद कोइराला
कुलप्रसाद कोइराला
2023-07-01 2:38 pm

कविकराेति काव्यानि रसं पिवन्ति पण्डिता: सार्थक भएकाे छ ।राजनीति,समाज रराजनीति शास्तरका धुरीण विद्वान् पुरुषाेत्तम दाहालकाे कलम 45 वरर्षकाे नित्यसाधना छ ।जसले वाकसिद्धि उहिल्यै पाएकाे थियाे त्यसलाई अर्काे साहित्य मनीषी डा गणेशका र वचनले साढ लगाएपछिकाे त कुरै अर्काे ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?