माउण्ट सेब र भीमेश्वरको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माउण्ट सेब र भीमेश्वर एकेडेमीले सातौँ अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा जित हात पारेका छन् । माउण्ट सेबले आयोजक अर्किड ‘बी’ लाई तीन-एक गोलले पराजित गर्‍यो । विजयी टिमका लागि जेम्स खड्काले दुई तथा आरोहण श्रेष्ठले एक गोल गर्नुभयो । अर्किड ‘बी’ का आशिष बस्नेतले एक गोल गर्नुभयो । भीमेश्वरले नाम्सलाई एक-शुन्य ले हरायो । कस्मिक ढुंगेलले निर्णायक गोल गर्नुभयो ।

अन्य खेलमा साम्तेन र विद्या विकासले सफलता पाउनुभयो । साम्तेनले गणेश हिमाललाई तीन-दुई गोलले पाखा लगायो । साम्तेनका अनुराग राईले दुई तथा कुञ्जन शेर्पाले एक गोल गर्नुभयो । गणेश हिमालका पेङनिमा शेर्पा र फिरोज पौडेलले एक गोल गर्नुभयो । विद्या विकासले न्युस्टार पोललाई एक-शुन्य ले पन्छायो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?