‘डिसेम्बर फल्स’को ‘चार घण्टा कुरेको’मा रोमान्टिक आर्यन र उपासना

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ को गीत ‘चार घण्टा कुरेको’ गीत छायाँकन भएको छ । भक्तपुर दरबार स्क्वायरमा भव्य सेट निर्माण गरी चार दिन लगाएर खिचिएको गीतमा अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरीलाई कोरियोग्राफर रामजी लामिछानेले निकै रोमान्टिक रूपमा प्रस्तुत गरेको बताइन्छ । दीपक शर्माको शब्द र संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाउनुभएको हो ।

पुस १५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा आर्यन, उपासनासँगै सुमन थापा, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय छ । भारतीय चलचित्र उद्योगमा कार्यरत निर्देशक प्रवीण ओझाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई युवानिर्माता रामप्रसाद रिजालले निर्माण गर्नुभएको हो । रिजालले यसअघि ‘वान डे’, ‘कसम’, धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसक्नु भएको छ । ‘डिसेम्बर फल्स’ उहाँको पाँचौं चलचित्र हो ।

दुई साताअघि सार्वजनिक फस्र्टलुक पोष्टरले चर्चा पाइरहेको चलचित्रको टिजर केही दिनमै दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।
चलचित्र रिजाल एण्ड रिजाल प्रोडक्शनको व्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट हुनुहुन्छ ।

बिपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा/सम्वाद रहेको चलचित्र बनिष शाहले सम्पादन गर्नुभएको हो । दीपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतीक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले वितरण गर्दै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?