केन्द्रीय समिति बैठकमा भाग लिन माओवादी नेताहरू प्रज्ञा भवनमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरु कमलादीस्थित प्रज्ञा भवन पुग्नुभएको छ ।

आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल गर्नेछ । गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पदाधिकारी चयन हुन नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।

माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत महासचिवको आकांक्षी हुनुहुन्छ । राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?