६०० रुपैयाँ घट्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १२ सय ८४ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?