सूर्य नेपाल गल्फ टुरको सिजन सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२-२०२३ को सिजन मंगलबारदेखि सुरु भएको छ । विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि आरएनजिसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले आयोजित पत्रकार सम्मेलनमा जानकारी गरउनुभयो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यावसायिक र पाँच एमेच्योर खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख ७० हजार रुपैयाँ छ । डिसेम्बर २१ देखि २४ तारिखसम्म धरानमा सूर्य नेपाल इस्टर्न ओपन, जनवरी १६-१९ तारिखसम्म गोकर्णमा सूर्य नेपाल सेन्ट्रल ओपन, फेब्रुअरी १ देखि ३ तारिखसम्म आरएनजिसीमा सूर्य नेपाल एनपिजिए म्याच प्ले, फेब्रुअरी २२ देखि २५ तारिखसम्म पोखरामा सूर्य नेपाल वेस्टर्न ओपन, मार्च १४ देखि १७ तारिखसम्म आरएनजिसीमा सूर्य नेपाल च्यालेन्ज, अप्रिल १८-२१ तारिखसम्म गोकर्णमा सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप र मे ८-१२ तारिखसम्म गोकर्णमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ ।

आठ प्रतियोगिताको कुल पुरस्कार राशि ६१ लाख ८५ हजार रुपैयाँ रहेको छ । इस्टर्न ओपन, सेन्ट्रल ओपन, वेस्टर्न ओपन र एपिएजिए टुरको पुरस्कार राशि समान ८-८ लाख रुपैयाँ रहेको छ । एनपिजिए म्याच प्लेको दुई लाख ५० हजार, नेपाल च्यालेन्जको पाँच लाख ४५ हजार र प्रिमियर गल्फको १५ लाख २० हजार रुपैयाँ पुरस्कार राशि रहेको छ ।

एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले युवा खेलाडीको उत्कृष्ट प्रदर्शन हेर्न उत्सुक रहेको बताउनुहुँदै निरन्तर सहयोगका लागि सूर्य नेपाल प्रालिलाई धन्यवाद दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?