राष्ट्रपति चुनावमा समीकरण नबदली कांग्रेसलगायत दल समेटिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

मानबहादुर वली सुर्खेत, संवाददाता
Read Time = 1 min

सुर्खेत । उपप्रधान एवं भौतिक पुर्वाधार तथा योजना मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समीकरणलाई कसैले बदल्न नसक्ने बताउनु भएको छ ।
आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री श्रेष्ठले राष्ट्रपति चुनावको विषयलाई लिएर वर्तमान समीकरण नभत्कने भन्दै राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चुनाव हुने बताउनु भयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुलाई समेत समेट्ने गरि अघि बढ्न चाहनेको र माओवादीबाट समीकरण बदल्ने कुरा नरहेको प्रष्ट पार्नुभयो ।

उहाँले राष्ट्रपति चुनावमा कांग्रेससहितका दलहरुलाई समेट्ने गरी राष्ट्रिय सहमतिमै हुने बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससहितका सबै पार्टीहरुबाट समर्थन प्राप्त भएको हुँदा राष्ट्रिय सहमतिलाई प्राथमिकता दिइने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?