आगामी अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पुर्‍याउन आवश्यक छ : मन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी संसद अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पु¥याउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै सञ्चार मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले संसद अधिवेशनमा धेरै अन्य विधेयकहरु पेश गर्ने तयारी रहेको बताउनु भयो । उहाँले माघ २२ गते सरकारले हिउँदे अधिवेशन बोलाएकाले समितिमा विचाराधिन रहेको धेरै भन्दा धेरै विधेयक पेश गर्ने तयारी गरिरहेको बताउनु भयो । उहाँले उन्नत स्तरको स्वतन्त्र र जनउत्तरदायी सरकारी मिडिया बनाउन रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरी विधेयक आएको बताउनु भयो ।

उहाँले सरकारको उद्देश्य सरकारी मिडियालाई जनताको अपेक्षा र सरकारको कामसँग जोड्ने गरी विधेयक ल्याउन लागेको बताउनु भयो । उहाँलेसरकारी सञ्चार माध्यम जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सार्वजनिक सेवा प्रशारण विधेयकलाई सरकारको उद्देश्य भनेको विगतमा जसरी सरकारी सञ्चार माध्यम भनेपछि तत्कालिन राज्य सत्ता,सरकारको भजन मण्डली जस्तो र जनताको लागि होइनकी जस्तो बुझ्ने प्रचलन थियो । पछिल्लो अवस्थामा आएपछि हामीले स्पष्ट रुपमा भनेका छौं । सरकारी सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्छ । जनताका अपेक्षा र सरकारका कामलाई जोड्न सक्नुपर्ने भन्ने छ । त्यही अनुसार लामो समयपछि यसको छलफलमा छौं । मुल विधेयक र संशोधन भएको विधेयकमा पनि दफाबार छलफल गरेर संशोधन गर्नेछौं । विशेष गरेर रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक ठाउँमा मर्ज गर्ने मात्रै भनेको होइन अझ उन्नत स्तरको मिडिया बनाउने र सरकारी मिडिया भन्ने बित्तिकै अहिले रहेको बुझाई जस्तो होइन । स्वतन्त्र र जनउत्तरदायी बनाउने भन्ने हो । संशोधन पनि त्यसैमा बढी केन्द्रित रहेको छ । माघ २२ गते संसद अधिवेशन बोलाएकाले त्यो बेला धेरै विधेयक पेश गर्ने सरकारको तयारी रहेको छ । समितिमा भएका विधेयक २२ गतेसम्म छलफल गरेर टुङ्गोमा पु¥याउँदा राम्रो हुने थियो ।’

मन्त्री शर्माले मुल विधेयक र संशोधन भएको विधेयकमा पनि दफाबार छलफल गरेर समितिले आवश्यक संशोधन गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?