ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-६ रामडाडाँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

चितवनबाट मनहरीतर्फ जाँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको ग १५ प ३९६९ नम्बरको स्कुटर शुक्रबार बिहान साढे ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा कास्कीको निर्मल पोखरी २ बस्ने ३८ वर्षीया अमृता परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?