म रित्तो गाग्री

Read Time = 1 min

-विश्वास नेपाली

म रित्तो गाग्री बन्छु
तिमी गङ्गा बन्नू कहिले नसुक्ने
म तिम्रो धागो बन्छु
तिमी चंगा बन्नू उचाइमा पुग्ने

म तिम्रो प्रकृति बन्छु
तिमी बास्ना बन्नू मगमग बास्ना आउने
म तिम्रो बिहानी बन्छु
तिमी प्रकाश बन्नू संसार उज्यालो छाउने

म तिम्रो शरीर बन्छुु
तिमी प्राण बन्नू जीवन उपहार दिने
म तिम्रो आत्मा बन्छु
तिमी परमात्मा बन्नू
सही मार्ग लिने

म तिम्रो चित्र बन्छु
तिमी रंग बन्नू
जीवन रंगीन बनाउने
म तिम्रो चरित्र बन्छु

तिमी मित्र बन्नू मलाई असल बनाउने
म तिम्रो प्यासी बन्छु
तिमी पानी बन्नू तिर्खामा तिर्सना मेट्ने
म तिम्रो यात्रा बन्छु
तिमी गन्तव्य बन्नू मैले लक्ष्य भेट्ने ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Biswas nepali
Biswas nepali
2023-02-18 5:55 pm

Tq so mumuch himalaya times family 👪 ❤ 💙

रिलेटेड न्युज

छुटाउनुभयो कि ?