राष्ट्रपति रनिङ शिल्डको उपाधि वीरेन्द्रोदयलाई

हिमालय टाइम्स
Read Time = 2 mins

राजकुमार कार्की/हिटा
सोलुखुम्ब । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा आयोजित स्थानीय तह अन्तरविद्यालयस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वीरेन्द्रोदय माध्यमिक विद्यालय, मुक्लीले जितेको छ । योसँगै सो विद्यालयले लगातार तीन वर्ष उपाधि जितेको छ ।

यही फागुन १ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा मुक्ली माविले २० स्वर्ण पदक जित्यो । यस्तै, १२ स्वर्णसहित जनता मावि लोखिम दोस्रो तथा छ स्वर्णसहित देउसा मावि तृतीय भए । प्रतियोगितामा विजयी छात्रछात्रालाई थुलुङ दूधकोशीका अध्यक्ष असिम राईले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?