सिन्धुली क्षेत्र-१ को प्रदेशसभामा गठबन्धनका भट्टराई र पहाडी निर्वाचित

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 1 min

सिन्धुली  । सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ को दुबै प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का मातृका प्रसाद भट्टराई (बसन्त) र (२) मा नेपाली काँग्रेसका रामकुमार पहाडी निर्वाचित हुनुभएकाे हाे ।

भट्टराईले १५ हजार ८५३ मत पाउँदा नेकपा (एमाले) का सुवासराज देवकोटाले १२ हजार ५३३ मत प्राप्त गर्नुभएको छ । तीन हजार ३२० मतान्तरले देवकाेटा पराजित हुनुभएको निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले जानकारी दिनुभयोे ।

यसैगरी, प्रदेशसभा (२) मा पहाडीले १५ हजार ६२१ मत प्राप्तगर्दा एमालेका कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाउनुभएको छ । काँग्रेसका पहाडीले दुई हजार २२२ मतान्तरले विजय हासिल गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?