बैतडीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १२ गतेदेखि हुने

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १२ गतेदेखि हुने भएको छ । पाटन नगरपालिका-६ स्थित कृष्ण माविको खेल मैदान पाटनमा फागुन १२ गतेदेखी १४ गते सम्म प्रतियाेगिता सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो ।

यसअघि मेलौली खेलमैदानमा हुने भनिएको प्रतियोगिता सबैको पायक पर्ने क्षेत्र भएकाले पाटनमा नै प्रतियोगिता सञ्चालन गर्ने निर्णयमा भएको छ । हाल जिल्लाका विभिन्न स्थानीय तहमा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा रहेका छन् ।

पालिकास्तरबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्सलगायतका खेल खेलाइनेछन् ।

विद्यालयहरू खेलकुद क्षेत्रको उद्गमस्थल रहेकाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?