एसएस फाउण्डेशनद्वारा झोला सहयोग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसएस फाउण्डेशनले नौ वटा विद्यालयहरूलाई झोला सहयोग गरेको छ । आइतबार प्रजातन्त्र दिवसको अवसर पारेर एसएस फाउण्डेशनले दोलखाका पाँच र भक्तपुरका चार गरी नौ वटा विद्यालयहरूलाई झोला सहयोग गरेको हो ।

फाउण्डेशनले विद्यार्थीहरूलाई अध्ययन गर्नका लागि सहज होस् भनेर झोला विद्यालयलाई बुझाएको र विद्यालयले विद्यार्थीहरूलाई सो झोला प्रदान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले बताउनु भयो । उहाँले शैलुङ गाउँपालिका-८, दोलखाको श्री चण्डिका आधारभुत विद्यालय सहितका अन्य विद्यालयहरूलाई झोला वितरण गरेको बताउनु भयो ।

बालबालिकाको पढाइका लागि झोला महत्वपूर्ण कुरा भएको उहाँले बताउनु भयो । यसअघि पनि फाउण्डेशनले देशका विभिन्न स्थानका विद्यालयमा स्कुले विद्यार्थीहरूलाई झोला वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?