विज्ञान-प्रविधिको विकासमा प्रतिवद्ध छु: प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभए नेपालको विकास हुन नसक्ने बताउनु भएकाे छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएकाे हाे ।

प्रधानमन्त्री दाहालले भन्नुभयाे, ‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन ।’

वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयाे । ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन,’ प्रधानमन्त्रीले भन्नुभयाे ।

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री प्रचण्डले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्ने बताउनुभयाे ।

आविस्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नविनतम आविस्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे ।

छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
प्रधानमन्त्रीलाई ‘गुप्तवास’ छोडेर संसद्मा आउन सांसद शर्माको आग्रह प्रधानमन्त्रीका विवादित अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना बौधिमाई नगरपालिकामा आइतबार पनि कार्यालय खुल्ने अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँ : अर्थमन्त्री डा. वाग्ले कोलम्बिया भूकम्प : मृतकको संख्या १३२ पुग्याे निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की अटोमोबाइल क्षेत्रमा नीतिगत स्थिरता आवश्यक : नाइमा अध्यक्ष वैद्य लक्ष्य भन्दा माथि राजस्व संकलन गर्दै इलामको यातायात कार्यालय