राष्ट्रपतिमा आफ्नो उम्मेदवारीबारे मैले केही सोचेको छैन : माधव नेपाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारीबारे आफू र पार्टीले कुनै निर्णय गरिनसकेको बताउनु भएको छ ।

देउखुरीमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले राष्ट्रपतिको उम्मेदवारबारे पार्टी र आफूले केही नसकेको र निर्णय पनि नगरेको बताउनु भएको हो ।

माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेको भनिएका बेला अध्यक्ष नेपालको सञ्चार माध्यममा आएका सबै सत्य नहुने बताउनु भयो ।

तर, शक्ति बाँडफाँटमा एकीकृत समाजवादीको भूमिका हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । राष्ट्रपतिबारे अहिले नै कुनै धारणा सार्वजनिक नगर्ने बताउँदै उहाँले राष्ट्रपतिबारे वृहत छलफल आवश्यक रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?