किरण लगातार दोस्रो खेलमा म्यान अफ द म्याच

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतको आईलिगमा लगातार उत्कृष्ट प्रदर्शन गर्नुभएको छ । उहाँ लगातार दोस्रो खेलमा म्यान अफ दी म्याच चुनिनुभएको हो ।

पञ्जाबले सोमबार नर्थ इस्टर्न रि अर्गनाइजिङ कल्चरल एसोसिएसन एफसी (नेरोका) लाई एक-शून्यले हराउँदा उहाँ म्यान अफ द म्याच चुनिनुभएको हो । पञ्जाबको जितमा खेलको ३४ औँ मिनेटमा अजय क्षेत्रीले निर्णायक गोल गर्नुभएको थियो ।

जितसँगै टोली अंक तालिकाको दोस्रो स्थानमा यथावत् रहेको छ । शीर्षस्थानको श्रीनिदी डेक्कन र राउण्ड ग्लासको समान ४० अंक छ । दुवै टोलीले समान १८ खेल खेलेका छन् । पञ्जाबले १२ खेलमा छ खेलमा जित, चार खेलमा बराबरी र दुई खेलमा हारको सामना गरेको छ । यसअघि एजवाल एफसीलाई एक–शून्यको जित हासिल गर्दा पनि किरण म्यान अफ दी म्याच घोषित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?