नेकपावाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ ।

बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ । अध्यक्ष माधवकुमार नेपाललगायत नेताले उक्त प्रशिक्षण दिनुहुनेछ ।

सो प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरु सहभागी हुनेछन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?