पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइँदै

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिए संगै काठमाडौं ल्याउने तयारी भैरहेको छ । महरालाई यतिएयर मार्फत् भैरहवा देखी काठमाडौं ल्याउन लागिएको हो ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्व सभामुख समेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।

महरा विरुद्ध सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले ९ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । उनका छोरा राहुल महरालाई यसअघि नै प्रहरीले पक्राउ गरी सुन तस्करी प्रकरणमा मुद्दा चलाएको थियो।

राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । महरा बाबुछोराको सम्पर्क सिधै तस्कर दाओजिन वाङसँग पटकपटक भएको सिआइबीको अनुसन्धानमा देखिएको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?