एमाले-राप्रपाकाे बहिष्कारपछि कोशी प्रदेश सभाको बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठक एमाले र राप्रपाको बहिष्कारका कारण स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए ।

बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध जनाए । आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इस्राइल मन्सुरीले गर्नुभएको थियो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले थापाको पक्षमा मत दिनुभएको थियो । सोही कार्यको विरोधमा एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् ।

सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै एमाले र राप्रपाका सांसदहरुले नाराबाजी गरेका थिए ।

त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?