‘नांगो गाउँ’मा कर्म र साम्राज्ञी

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘नांगो गाउँ’मा अभिनेता कर्म शाक्य र अभिनेत्री साम्राज्ञी शाहलाई आबद्ध गराइएको छ । नांगो गाउँमा कार्म र साम्राज्ञीलाई भित्त्र्याइएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिनुभयो ।

हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको निर्माणमा बन्न लागेको यो चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहनेछ । यस चलचित्रमा यसअघि दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकार अनुबन्धित भइसक्नु भएको छ । नांगो गाउँलाई पुना फिल्म इन्स्टिच्युट’का प्रोडक्ट आलोक शुक्लाले छायांकन गर्नु हुनेछ ।

आरआर फिल्म्सले वितरण गर्ने चलचित्र फागुन अन्तिम साता फ्लोरमा जानेछ । लामाले यसअघि चलचित्र ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’जस्ता चलिचत्र निर्देशन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?