बसको ठक्करबाट एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर ।  मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका-१ मा बिहान ६ः३० बजेतिर बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो ।  साइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीकाअनुसार साइकलयात्री बेलबारी-२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा मृत्यु भएको हो ।  बसको ठक्करबाट अर्का साइकलका यात्री बेलबारी-२ का १८ वर्षीय राम बस्नेत घाइते हुनुभएकाे छ । बस्नेतको उपचार भइरहेको छ ।

बससहित चालक स्याङ्जाको आँधीखोला गाउँपालिका-२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?