नवौं राट्रिय खेलकुदः कराँते आजबाट कुस्मामा सुरु हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नवौं राट्रिय खेलकुद अन्तर्गत आजबाटबाट कराँते विभिन्न १९ वटा ‘इभेन्ट’ सुरु हुँदैछन् । पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ। शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुने छ। काताको सेमिफाइनल र फाइनल खेल दिउँसो २ बजेपछि राखिएको छ।

असोज ३० गते बिहान आठ बजेदेखि खेलहरू हुने छन्। जसमा महिला ५५ के।जी, पुरुष ७५ के।जी, महिला ६१ केजी, र पुरुष ८४ केजी भन्दा माथिको तौल समूह गरेर चार वटा खेल हुने छन्। यी समूहको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुने छन्।

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजी भन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजी भन्दा तल र पुरुष ८४ केजी भन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुने छन्। यी विधाको सेमिफाइनल र फाइनल खेलहरू सोही दिनको दिउँसो १ बजेपछि खेलाउने तयारी छ।

कात्तिक एक गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० के।जी र पुरुष ५० केजी तौल समूह गरेर चार वटा ‘इभेन्ट’ मा खेल हुनेछन्।

यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउँसो १ बजेपछि हुने छन्। कात्तिक दुई गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुने छन्।

टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल सोही दिन दिउँसो १ बजेबाट सुरु हुने छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?