सांसद शर्मालाई किन पक्राउ गरेको भन्नेबारे जानकारी लिइरहेका छौँ : काँग्रेस

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताउनुभएको छ ।

बिहीवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि पार्टीको धारणा बनाउने बताउनु भयो ।

उहाँले संसद चलिरहेको बेलामा कुनैपनि पक्राउ गरेमा तत्काल त्यसको जानकारी सम्बन्धित संसदमा जानकारी गराउनुपर्ने र त्यसबारेमा पनि सभामुखलाई सांसद शर्मा पक्राउ परेको जानकारी तत्काल गराएको हो वा होइन भन्नेबारेमा जानकारी लिने काम गरिरहेको बताउनु भयो ।

उहाँले हाउस चलिरहेको बेलामा देवानी मुद्दामा सांसदलाई पक्राउ गर्न नपाइने र सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइएपनि कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानबिन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिएपछि मात्रै काँग्रेसले आफ्नो धारणा बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुनिल शर्मालाई पक्राउ गरेको बारेमा हामीलाई भर्खर जानकारी भएको छ । के कारणले, किन उहाँलाई पक्राउ गरेको भन्ने बारेमा जानकारी लिइरहेका छौँ । त्यसपछि के का लागि र किन पक्राउ गरेको भन्नेकुरा थाहा पाएपछि यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्नेछौँ । संसद चलिरहेको बेलामा कुनैपनि माननीय सदस्यलाई पक्राउ ग¥यो भने तत्काल त्यसको जानकारी जुन हाउसको उहाँ सदस्य हो त्यसको जानकारी सभामुखलाई दिनुपर्ने हुन्छ, सभामुखलाई त्यसको जानकारी दिएको छ की छैन, त्यो पनि बुझिरहेका छौँ । जानकारी दिँदा के मुद्दा, किन र कसरी पक्राउ गरेको भन्ने आएपछि हामी बोल्नेछौँ । हाउस चलिरहेको बेलामा देवानी मुद्दामा पक्राउ गर्न पाइँदैन, सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइने हो । कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानबिन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिनेछौँ ।’

प्रमुख सचेतक लेखकले काँग्रेस संसदीय दलको कार्य सम्पादन समितिको बैठकले शुक्रवार बस्ने संसदीय दलको बैठकबारे एजेण्डाहरु तय गर्नुका साथै त्यसको पूर्व तयारीको बारेमा छलफल भएको बताउनु भयो । कार्यसमितिको बैठक बस्यो । संसद कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने, बजेट कसरी प्रभावकारी काार्यन्वयन गर्ने भन्ने सन्दर्भमा सदनमा रहेका विचाराधिन विधेयक संसदमा ल्याउने कुरामा शुक्रवार बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताउनु भयो । काँग्रेस सदनको अवरोध चाँडो भन्दा चाँडो हट्नुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?