म्याड्रिड । जर्मनीका मिडफिल्डर टोनी क्रुजले रियल म्याड्रिड छोड्ने घोषणा गर्नुभएको छ । क्रुजले एक सन्देशमा आफूले आगामी युरोकपदेखि फुटबलबाट सन्न्यास लिनेसमेत घोषणा गर्नुभएको छ । रियल म्याड्रिड आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै ३४ वर्षीय क्रुजले फुटबलबाट सन्न्यास लिने घोषणा गर्नुभएको हो ।
क्रुज २०१४ मा जर्मनी क्लब बायर लिभरकुसेनबाट रियल म्याड्रिड पुग्नुभएको थियो । रियल म्याड्रिडमा १० सिजन खेल्नुभएका क्रुजले अब रियल म्याड्रिडका लागि ला लिगाको एक खेल र अन्तिम खेल च्याम्पियन्स लिगको फाइनल खेल्ने हुनुभएको छ । रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनल जर्मनी क्लब डोर्टमण्डसँग जुन २ मा खेल्दैछ ।
रियल म्याड्रिडबाट १० सिजन खेल्दै चार ला लिगाको उपाधि जित्नुभएको छ भने चार च्याम्पियन्स लिगको उपाधि जित्नुभएको छ । त्यस्तै, एक कोपा डेल रे, पाँच फिफा क्लब विश्वकपको उपाधि जित्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच