![गर्मी बढेपछि ६० कैदीबन्दी स्थानान्तरण](https://ehimalayatimes.com/wp-content/uploads/2023/02/hatkadi-jail-hita.jpg)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । टी-२० विश्वकप खेल्न अमेरिका र वेष्ट इण्डिज जान लाग्नुभएका उहाँलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराउनुभएको हो ।
‘फेरि पनि अमेरिकी दूतावासले सन् २०१९ मा गरेको जस्तै गरेको छ । उनीहरूले अमेरिका र वेष्ट इण्डिजमा हुने ट्वान्टी-२० विश्वकपका निम्ति मलाई भिसा दिन अस्वीकार गरे । नेपाली क्रिकेटका शुभचिन्तकहरूमा माफी माग्न चाहन्छु,’ सन्दीपले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरे पनि उहाँलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो । क्यानका सदस्य दुर्गा पाठकले सन्दीपको भिसा जारी नभएको खबर प्राप्त भएको जानकारी दिनुभयो ।
अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरू नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उहाँलाई नेपाली टिममा समावेश गरेको थियो । तर, अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिनुभएको छ ।
सन् २०१९ मा पनि अमेरिकी दूतावासले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जान लाग्नुभएका सन्दीपलाई सुरुमा भिसा दिएको थिएन । आलोचना भएपछि दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको थियो ।
बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो । काठमाडौं जिल्ला अदालतबाट आठ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच