✍️ तोयराज नेपाल
हरेक वर्ष मंसिर शुक्लपक्ष पञ्चमीका दिन राम र जानकीको स्वयंवर भएको विश्वासमा विवाह पञ्चमी पर्व मनाउने गरिन्छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा विशेष रुपमा महोत्सवका रूपमा मनाउने गरिन्छ । महोत्सवका लागि जनकपुरधाममा श्रद्धालु भक्तजनको ठूलो भिड लाग्ने गर्छ । महोत्सवमा देवीदेवताको सहभागिता नभए पनि अदृश्यरूपमा उपस्थित हुने धार्मिक विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म भक्तहरूको मिथिलामा सहभागी हुने गर्दछन् ।
मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम र सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङभूमिमा लगि स्वयंवर भएपछि जानकी मन्दिरमा ल्याई विवाह गरिन्छ । सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छौं । प्रतीकात्मक विवाह पनि वास्तविक विवाहझैं हुने गरेको छ । रामजानकी मन्दिरमा लाग्ने विशेष मेलामा सहभागी हुन देशका विभिन्न ठाउँ र भारतबाट समेत भक्तजनको घुइँचो लाग्ने गर्छ । त्रेतायुगमा रामले धनुष तोडेर जनकपुरका राजा जनककी छोरी जानकीलाई विवाह गरेको दिनको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमीमा विवाह पञ्चमी पर्व मनाउने गरिएको छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।
जनकपुरको जानकी मन्दिरबाट निस्किएको सीताजीको डोली र राममन्दिरबाट निस्केको भगवान श्रीरामको डोली रंगभूमि मैदानमा पुगी सीता स्वयंवर कार्यक्रम आयोजना गरिन्छ । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ । रामायणमा वर्णन भए अनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा देवी देवताको समेत उपस्थिति थियो ।
अघि त्रेता युयगमा अयोध्या नगरीमा राजा दशरथ राज्य गर्दथे । उनका राम, भरत, लक्ष्मण र शत्रुघ्नसमेत चारभाइ छोराहरू थिए । त्यसबेला विश्वामित्र ऋषि वनमा तपस्या गर्दथे । उनका आश्रममा सुबाहु, मारीच आदि धेरै–धेरै दुष्ट राक्षसहरूले ऋषिको तपस्यामा विघ्न पार्दथे । राक्षसहरूबाट आजित भएका विश्वामित्र ऋषिले राजा दशरथका दरबारमा गएर मेरो आश्रमको सुरक्षार्थ राम र लक्ष्मणलाई खटाइदिन आग्रह गरे । ऋषिको आग्रहलाई स्वीकार गरेर राजा दशरथले राम र लक्ष्मणलाई ऋषिकासाथ पठाइदिए । ऋषि प्रसन्न भएर राम र लक्ष्मणलाई लिएर बाटामा रामलक्ष्मणलाई बला र अतिबला नामका दुई विद्याको उपदेश गरे । जुन विद्याका प्रभावले भोक तिर्खाबाट पीडित हुनुपर्दैनथ्यो । त्यस विद्याका प्रभावले राम र लक्ष्मणहरूले पनि विश्वामित्रका तपोवनमा गएर धेरै–धेरै राक्षसहरू मारेर आश्रमलाई सुरक्षित बानाइदिए । यस कामबाट विश्वामित्र ऋषि प्रसन्न भएर भने, ‘बाबु हो म अयोध्या पु¥याइदिन्छु, तर जनकपुरको बाटो गरेर लैलान्छु । किन भने अहिले जनकपुरमा जनक वंशी राजा सीरध्वजले राज्य गर्दैछन् । उनका राज्यमा शिवजीको बडोमाको धनु राखिएको छ ।
क्षत्रीयले त्यस धनुको दर्शन गर्नु राम्रो हुन्छ, भनेर विश्वामित्र राम र लक्ष्मणसहित जनकपुरतिर लागे । केही वर्षअघि राजा जनकले यज्ञभूमि निर्माण गर्ने सिलसिलामा हलाले भूमि जोत्ता हलाका सियाबाट एउटी दिव्य कन्या उत्पत्ति भएकी थिइन् । हलाका सियाबाट उत्पत्ति भएकी हुँदा तिनको नाम सीता राखिएको थियो । किन कि एक हलाका सियालाई सीता भनिन्छ, त्यसैले ती कन्याको नाम पनि सीता राखिएको हो । राजा जनकले तिनलाई छोरी मानेर पालन पोषण गरेर राखेका थिए । सीताजी शुक्लपक्षका चन्द्रमाको कला बढेझैँ बढेर छ वर्षका उमेरमा नै यौवनारूढ जस्तै हुनुभएको थियो ।
विभन्न राजामहाराजाहरू र राजकुमारहरू धनु उठाउन प्रयत्नमा लागे । कसैले सकेनन् । लंकाधिपति रावणले बल्लतल्ल धनु उठाए, तर धनुलाई थाम्न नसकेर त्यसै धनुद्वरा आफैँ किचिएर निस्कन सकेनन् । किचिएका रावणलाई उद्धार गर्न सक्ने कोही पुरुष नदेखी रावणको त्यस्तो दुर्दशा देखेर राजा जनकले भने, यस सभामा त्यस्तो वीर क्षत्रीय कोही छैन, जसले मरणासन्न रावणको रक्षा गर्न सक्छ । राजा जनकका यस्ता कुरा सुनेर रामले गुरु विश्वामित्रगुरुको आज्ञा लिई त्यस धनुलाई उचालेर रावणको बचाउ गर्नुभयो ।
त्यसबेला सीता त्यो धनुलाई उठउन सक्नुहुन्थ्यो । त्यसैले राजा जनकले एउटा शर्त राखेर भने, जसले यो शिवधनुलाई उठाएर यसमा ताँदो चडाउँछ, त्यसैका साथमा सीताले स्वयंवर गर्नेछन् भनेर स्वयंवर सभाको आयोजना गरेका थिए । अनि त्यस स्वयंवर सभामा विभिन्न देशबाट राजा महाराजा र राजकुमारहरू उपस्थित भएका थिए । राजा दशरथ पनि भरत र शत्रुघ्नलाई समेत लिएर उपस्थित भएका थिए । जब राम र लक्ष्मणलाई लिएर विश्वामित्र ऋषि जनकपुर पुगे । त्यसबेला रामलाई देखेर सबै नरनारीहरू आकर्षित र अत्यन्त आनन्दित भए । सीताजी पनि रामलाई देखेर उहाँप्रति ज्यादै आकर्षित हुनुभयो । तर भएर के गर्नुनु र बाबाले राखेको शर्तप्रति चित्त दुखाएर खेद् व्यक्त गर्दै सखीका साथमा सीताजीले यस्तो भन्नुभयो :-
कमठपृष्ठकठोरमिदं धनुर्मधुरमूर्तिरसौ रघुनन्दनः ।
कथमधिज्यमनेन विधीयतामहह ११ तातपणस्तव दारुणः ।।
अर्थात् कूर्म अर्थात् कछुवाको पिठ्युँजस्तो कठोर यो धनु छ, रघुवंशी राजकुमार राम भने ज्यादै मधुर र ज्यादै कोमल शरीर भएका हुनुहुन्छ । त्यस्तो कोमल शरीर भएका रामले यस्तो कठोर एवं कडा धनुलाई उठाएर ताँदो चडाउन कसरी सक्नुहोलार हे पिताजी तपाईँले ज्यादै कठोर शर्त राख्नुभयो भनेर रामसँग विवाह गर्न नपाइने हो कि ? भन्दै ज्यादै पीर गर्नुभएको थियो । सीताको स्वयंवरको आयोजना भएको थियो । विभन्न राजा महाराजाहरू र राजकुमारहरू धनु उठाउन प्रयत्नमा लागे । कसैले सकेनन् । लंकाधिपति रावणले बल्लतल्ल धनु उठाए, तर धनुलाई थाम्न नसकेर त्यसै धनुद्वरा आफैँ किचिएर निस्कन सकेनन् । किचिएका रावणलाई उद्धार गर्न सक्ने कोही पुरुष नदेखी रावणको त्यस्तो दुर्दशा देखेर राजा जनकले भने, यस सभामा त्यस्तो वीर क्षत्रीय कोही छैन, जसले मरणासन्न रावणको रक्षा गर्न सक्छ । राजा जनकका यस्ता कुरा सुनेर रामले गुरु विश्वामित्रगुरुको आज्ञा लिई त्यस धनुलाई उचालेर रावणको बचाउ गर्नुभयो ।
अनि सबै राजा राजकुमारहरूले धनु उठाउन प्रयत्न गर्न थाले, कसैले पनि नसकेपछि फेरि गुरुको आज्ञा लिएर रामचन्द्रले शिव धनुलाई प्रदक्षिणा गरी ॐ नमः शिवाय भन्दै धनुलाई जुरुक्क उठाउनुभयो र त्यसमा ताँदो चडाउन खोज्दा धनु आकाश ( पृथिवी थर्काउँदै बड्यांक भाँचियो । यो शब्द सुन्दा सबैको सातो गयो । स्वयंवर गर्न लुगाफाटो गहनागुरिया लगाएर सजिसजाउ भएकी सीताजीले पनि यो शब्द सुन्नुभयो । अनि कसले धनु उठएछ त १ जसले उठाएको भए पनि बाबाको शर्तअनुसार मैले त्यसैलाई नै स्वयंवर गर्नैपर्छ, कोमल र सुन्दर शरीर भएका रामले त्यो धनु उठाउन सक्ने कुरै भएन । त्यस्ता लोकोत्तर रूपलावण्य भएका रामसँग विवाह गर्न पाइने भएन, भन्दै चित्त खिन्न पार्दै स्वयंवरको माला हातमा लिएर स्वयंवर सभामा सीताजी प्रवेश गर्दा ता रामचन्द्रले नै पो त्यो धनु भाँच्नुभएको रहेछ भन्ने थाहा भयो ।
अनि सीताजीको खुशियालीको सीमा नै रहेन । अनि ज्यादै प्रसन्न भएर श्रीरामचन्द्रका गलामा स्वयंवरको वरमाला पहि¥याउनुभयो । अनि राजा जनकले रामचन्द्रका साथमा सीताको विवाह गरिदिनुभयो भने राजा जनकका भाइका छोरीहरू श्रुतकीर्ति, उर्मिला र माण्डवीहरूसँग भरत, लक्ष्मण र शत्रुघ्नकोसमेत विवाह भयो । त्यो विवाह गरेको दिन मार्गशुक्ल पञ्चमीको दिन भएको हुँदा मार्ग शुक्ल पञ्चमीलाई सीता विवाहपञ्चमी भनिएको हो । यसदिन सीतारामको पूजा आराधना गरेमा ठूलो पुण्य लाभ मिल्ने छ । यसदिन जनकपुरमा रहेको रामजानकी मन्दिरमा ठूलो उत्सव गरी सीतारमको आराधनन गरिन्छ ।
ॐ श्रीसीतारामचन्द्राभ्यां नमः।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच