लघुबित्तका कारण कयौंको आर्थिक अवस्था डामाडोल भएकोप्रति सरकारले ध्यान दिनुपर्छ : गगन थापा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियत पूर्वक काम गर्ने लघुबित्तहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।

प्रतिनिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुबित्तका कारण कयौंको आर्थिक अवस्था डामाडोल भएको प्रति सरकारले ध्यान दिनु पर्नेमा पनि जोड गर्नुभयो ।

‘अति न्युन आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको कयौं लघुवित्तका कारणले गर्दा गरिब उठ्नै नसक्ने गरिकन थला परेका छन्’ थापाले बैठकमा भन्नुभयो, ‘तत्काल गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र पनि यसको जिम्मेवार छन्, यही कारणले गर्दा लघुवित्तको संकट देखिएको हो।’

थापाले अगाडी भन्नुभाये, ‘मर्कामा परेकालाई राहत दिनुपर्छ। बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?