आगलागीमा जलेर घाइते महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

सप्तरी । सप्तरीमा आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–३ मट्टीगढाक‍ो बन्दीलाल भगतको श्रीमति ५० बर्षीया दरोपति कुमारी भगतको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । भगत आफ्नै घर पछाडि बाटोमा बालेको आगो ताप्ने क्रममा आगो लाग्दा घाइते हुनुभएको थियो ।

साडीमा आगो सल्की छातिदेखि मुनिसम्म जलेर गम्भीर घाइते हुनु भएकी उहाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

आगोले जलेर गम्भीर घाइते महिलाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा समान्य उपचार पश्चात थप उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल लगिएको थियो र उपचारपछि साबिक घर खडक नगरपालिका ११ बनौली लगिएको थियो । पुनः अवस्था बिग्रेपछि बोदेबर्साईन स्थित नाईना हेल्थ केयर डियोलोजेसटिक प्रा.लि. अस्पतालमा उपचार गरे पनि निको भएको थिएन ।

उहाँको अबस्थामा सुधार नआएपछि थप उपचारको लागि पुनः गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?