माओवादी र जसपा नेताहरुबीच सिंहदरबारमा छलफल, जसपाले उपराष्ट्रपति नछोड्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी हुनुहुन्छ भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

दुई दलका शीर्ष नेताहरुबीच राष्ट्रपति निर्वाचन र आगामी कदमको बिषयमा छलफल भएको थियो । छलफलमा जसपाले उपराष्ट्रपति आफ्नो दलले पाउनु पर्ने अडान राखेको बुझिएको छ ।

जसपाले पाँच दलीय गठबन्धन ब्यूँताउन र राष्ट्रपति निर्वाचनमा सहयोगका लागि उपराष्ट्रपति दिनुपर्ने शर्त लिएको छ । जसपाले उपराष्ट्रपति दिने भएमात्रै गठबन्धन र सरकारमा समेत सहभागी हुने अडान लिएको एक नेताले बताए । पुरानो गठबन्धन ब्युँताउने हो भने हामीलाई उपराष्ट्रपति चाहिन्छ। उपराष्ट्रपति नदिने हो भने हामी गठबन्धनलाई सहयोग गर्न सक्दैनौं भनेर जसपाले स्पष्ट भनेको उनले बताए ।

यसअघि बिहीबार माओवादी र एकीकृत समाजवादीका नेताहरुबीचा भेट भएको थियो । आजै माओवादी, जसपा र एकीकृत समाजवादीबीच अर्को छलफल तय भएको नेताहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?