काठमाडौं । यतिबेला फलफूलमा सुन्तलाको सिजन हो । बजारमा जहाँसुकै सुन्तला बिक्रीमा राखिएको छ । घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै ।
सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ। सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ। सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो।
भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ। बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ।
जुस बनाएर होस् वा खाजाकै रुपमा पनि खान सकिने सुन्तला प्रकृतिको अनुपम उपहार हो। विभिन्न भिटामिन, खनिज पदार्थ र फाइबरले युक्त सुन्तलालाई स्वास्थ्यका लागि उपयोगी फल मान्न सकिन्छ।
सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ। यसले छाला, फोक्सो, स्तन, पेट र मलासयमा क्यान्सर लाग्ने जोखिम घटाउँछ। सुन्तला खाइरहनुले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्यामा न्यूनता आउँछ। सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ।
सुन्तलामा प्रसस्त मात्रामा भिटामिन सी पाउनुको साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ। यस्ता एन्टिअक्सिडेन्टहरुले छाला राम्रो राख्न मद्दत गर्छ। सुन्तलामा पाइने ‘हेस्परिडिन’भन्ने तत्वले उच्च रक्तचाप हटाउन मद्दत गर्छ। सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। तसर्थ जाडोको समयमा खाँदा चिसो लाग्छ भनेर सुन्तला खान आनाकानी गर्नु भन्दा रुघाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारामा सुन्तला समावेश गर्नु राम्रो हो। सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ।
सुन्तलामा प्रसस्त मात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग पुर्याउँछ।
सुन्तलामा पाइने भिटामिन ए स्वस्थ आँखाका लागि एकदमै आवस्यक तत्व हो। सुन्तलामा पाइने फाइबर अर्थात् रेशायुक्त पदार्थले कब्जियत हुनबाट जोगाउँछ। यसले हाम्रो पाचन प्रणाली स्वस्थ राख्न मद्दत गर्छ। सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ। यो उत्तम एन्टी अक्सिडेन्ट हो। यसले छालामा थप चमक आउँछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच