प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई दियो ८९ रनको चुनौती

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । उनले २४ बलमा चार चौका प्रहार गरिन् । त्यस्तै इन्दु वर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । रुबी पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७/७ रन बनाए ।

बलिङतर्फ सङ्गीता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सवनम राईले समान एक/एक विकेट लिए । कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?