अर्थमन्त्री पौडेल जी-२० अर्थमन्त्रीहरूको सम्मेलनतर्फ

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल जी-२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन बिहीबार भारततर्फ प्रस्थान गर्नुभएको छ । जी-२० अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंगलोरमा हुँदैछ ।

सम्मेलनमा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्नुहुने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पौडेलसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि जानुभएको छ ।

नेपाल जी-२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी-२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्र रहेका छन् । अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?