बलात्कार आरोपमा एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई प्रहरीले पक्राउ गरेको छ ।

अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?