बालुवाटारमा पहिलो पटक ७ दलको बैठक, राष्ट्रपति चयनमा सकस

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भावी राष्ट्रपतिको निर्वाचनको बिषयमा सहमति खोज्नका लागि गर्न बालुवाटारमा बसिरहेको बैठकमा ७ दल जम्मा भएका छन् ।

बिहान ४ दलको मात्रै बैठक बसे पनि कुनै निष्कर्ष निकाल्न नसकिरहेको बेला राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी गरी साँभ ७ दलको बैठक बसेको हो ।

बिहान बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले घनिभुत छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । भावी राष्ट्रपतिका लागि नेकपा एस र नेपाली कांग्रेसले आफ्नै दावी नछाडे पछि राष्ट्रपति चयनमा सकस परिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?