साइन रेसुंगा बैंक १५ औँ वर्षमा

Read Time = 3 mins

काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको डेभलपमेन्ट बैंक साइन रेसुंगा डेभलपमेन्ट बैंक १५औँ वर्षमा प्रवेश गरेको छ । १४ वर्षको अवधिमा ८८ शाखा, एक एक्सटेन्सन कार्यालय र १६ स्थानमा एटिएममार्फत् छ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकका प्रदेश १ र मधेश प्रदेशबाहेक पाँचवटा प्रदेशका २० जिल्लामा शाखा विस्तार गरिसकेको बैंक अध्यक्ष थानेश्वर पौडेलले बताउनुभएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंकलाई २१औँ शताब्दीको बैंक कस्तो हुनुपर्छ भन्ने उदाहरण बनाउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘डिजिटल प्रविधिको विकाससँगै प्रविधिका सबै विधि प्रयोग गरिरहेका छौँ, हरेक ग्राहकले साइन रेसुंगा नै छनोट गरोस् भन्ने हाम्रो चाहना हो, सोहीअनुरूप क्रेडिट कार्डसमेत प्रयोगमा ल्याएका छौँ ।’ पौडेलका अनुसार स्थापनाको समयमा १० करोड चुक्ता पुँजीबाट सुरु भएको बैंकको हालको चुक्ता पुँजी चार अर्ब २८ करोड रुपैयाँ र जारी पुँजी पाँच अर्ब रुपैयाँ पुगेको छ । यसैबीच बैंकले यस वर्षको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार बुटवलका पत्रकार माधव नेपाललाई प्रदान गरेको छ । ५० हजार एक सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार बैंककोे वार्षिकोत्सवका अवसरमा प्रदान गरिएको हो ।

साथै नेपाल पत्रकार महासंघ रूपन्देहीसँगको सहकार्यमा हरेक वर्ष आर्थिक बिटका एकजना पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले बैंकले पत्रकार महासंघ रूपन्देहीमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ वार्षिकोत्सवका अवसरमा बैंकले गुल्मीको बलेटक्सार शाखालाई उत्कृष्ट ग्रामीण शाखा र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट शहरी शाखाका रूपमा पुरस्कृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?