सामसुङ ग्यालेक्सी एस २३ को बिक्री सुरु

Read Time = 2 mins

काठमाडौं । सामसुङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस २३ स्मार्टफोनको प्रि-अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ । गत वर्ष ग्यालेक्सी एस २२ सिरिजभन्दा बढी प्रि-अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस २३ अल्ट्राको प्रि-अर्डर भएको कम्पनीको दाबी छ ।

सामसुङका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘हामी हाम्रा ग्राहकप्रति यो अविश्वसनीय प्रतिक्रियाका लागि अत्यन्त आभारी छौँ, यो प्रि-अर्डरको परिणामले हामीले नवीनतम् प्रविधिको आविष्कार र सस्टेनिबिलिटीमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्डप्रति ग्राहकले देखाउनुभएको बलियो विश्वास झल्किएको छ ।’ दुई सय एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेनसहितको ग्यालेक्सी एस २३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस २३ सिरिजअन्तर्गत ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ पनि रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?