वरिष्ठ नेता पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेससहित ८ दलको समर्थनमा राष्ट्रपतिका उम्मेदवार बन्न लाग्नु भएका पौडेलले रवि लामिछानेको हात्तिगौंडास्थित निवासमा पुगेर भेट वार्ता गर्नुभएको हो ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल त्यहाँ पुग्नुभएको हो ।

नेता पौडेलले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्नुभएको छ । प्रतिउत्तरमा लामिछानेले पार्टीमा छलफल गर्ने जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?